एजेन्सी। विश्वमा कोरोना खोप लगाउने दोस्रो व्यक्ति बेलायतका विलियम बिल शेक्सपियरको मृत्यु भएको छ। ८१ वर्षीय विलियमको मे २० का दिन मृत्यु भएको बेलायती मिडियाले जनाएका छन्।
उनले २०२० डिसेम्बर ८ का दिन कोरोना खोप लगाएका थिए।उनी विश्वमा कोरोना खोप लगाउने पहिलो पुरुष हुन्। उनीभन्दा अघि ९१ वर्षीया मार्गरेट कीननले कोरोना खोप लगाएकी थिइन्। विलियमलाई लागेको रोग भने ‘अज्ञात’ बताइएको छ।