उद्योग व्यवसायी महासंघको अध्यक्षमा सापकोटा

उद्योग व्यवसायी महासंघको अध्यक्षमा सापकोटा

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी एमालेको भातृ संगठनको रुपमा रहेको नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन । पर्यटन व्यवसयी सापकोटा यसअघि दुई कार्यकाल सम्म महासंघको महासचिव रहेका थिए ।

महासंघको महासचिबमा बालकृष्ण शिवाकोटी र कोषाध्यक्षमा डिमप्रकाश पौडेल चयनभएका छन । शिवाकोटी मेगा बैंककापूर्व संचालक एवम कालिन्चोक केवलकारका अध्यक्ष हुन भने पौडेल नेपाल वायु सेवा निगमका पूर्वमहाप्रवन्धक हुन । एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरु यस महासंघमा आवद्ध छन । ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमानगर संघको सन्जाल रहेको सो महासंघमा बिभिन्न ११ वटा वस्तुगत संघहरुमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी संघसंस्थाहरु सदस्य रहेका छन । सदस्यताको हिसावले यो नै सबैभन्दा ठुलो संजाल रहेको व्यवसायीहरुको महासंघ हो ।

यसअघि सांसद एलपी साँवा अध्यक्ष रहेकोमा महाधिबेशन हुन नसकेकाले सापकोटालाई अध्यक्ष बनाई तदर्थ समितिको रुपमा रुपमा महाधिवेशन गराई नयाँ नेतृत्व चयनगर्ने जिम्मेवारी दिइएको छ । नयाँ समितिमा पदाधिकारीसहित १५१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । नयाँ समितिले विधिपूर्वक ६ महिनाभित्र महाधिवेशन गराउने जनाएको छ ।

प्रकाशित मिति:     ७ बैशाख २०८१, शुक्रबार  |    Himali Khabar