दाेषी मन्त्रीबाट न्याय नपाइने भन्दै नेविसंघ काठमाडौंकाे राँकेजुलुश

दाेषी मन्त्रीबाट न्याय नपाइने भन्दै नेविसंघ काठमाडौंकाे राँकेजुलुश

काठमाडौं । नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाले सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेकाे छ । अहिले सहकारी ठगीमा मुछिएका रवि लामिछाने गृहमन्त्री बन्दा पीडितले न्याय नपाउने भन्दै नेविसंघले उनकाे राजीनामासमेत माग गरेकाे छ ।

अध्यक्ष अन्शुल केसीले बर्तमान सरकारबाट दोषी मन्त्रीहरुबाट न्याय पाइन नसकिने भन्दै विरोधमा उत्रनुपरेकाे बताए । संसदमा नेपाली कांग्रेसले लामिछानेमाथि छानविनका लागि संसदीय समिति बनाउन माग गरिरहेकाे छ ।

प्रकाशित मिति:     ७ चैत्र २०८०, बुधबार  |    Himali Khabar