सर्वाधिक लोकप्रिय एनडीएच मसला अब मोबाइल एपबाटै खरिद गर्न सकिने

सर्वाधिक लोकप्रिय एनडीएच मसला अब मोबाइल एपबाटै खरिद गर्न सकिने

काठमाडौं । एनडीएच मसलाको प्रस्तुती एनडीएच नेपाल अब डिजिटल रुपमा आएको छ । आफ्नो मोबाइलको गुगल प्ले स्टोरबाट एप डाउनलोड गरि आफूलाई चाहे अनुसारको सामानहरु खरिद गर्न सक्नु हुनेछ ।

जहाँबाट तपाईले नेपाल तथा नेपालबाहिर निकै रुचाइएको एनडीएसचका उत्पादनहरुका खरिद गर्न सक्नु हुनेछ । नेपाली बस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौ भन्ने मुल नारा सहित कम्पनीले आफ्ना उत्पादनहरु बजारमा ल्याइरहेको छ । जसलाई आम नेपालीले निकै रुचाएका समेत छन् । डिजिटल प्लेटफर्मममा गएपछि उपभोक्तालाई खरिदका लागि थप सहज हुने संचालक कमल सिंहले जानकारी दिनुभयो । एनडीएच मसला कम्पनी विदेशी मसलाका कम्पनीका उत्पादनहरुलाई विस्थापित गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनीको हो ।

एनडीएचका मसलाहरु मात्र ५० भन्दा बढी प्रकारका स्वादमा बजारमा उपलब्ध छन् । यो ब्राण्डका मसलाहरु देशका प्रमुख शहरहरुमा मात्र नभएर विदेशमा समेत निर्यात हुने गरेको छ । यसका साथै, एनडीएचले १०० प्रतिशत प्राकृतिक कच्चा पदार्थको प्रयोग गरेर मसला बनाउने भएकाले उपभोक्ताले अहिलेसम्म कुनै पनि गुनासो नगरेको कम्पनीको दाबी छ ।

काठमाडौंको बूढानीलकण्ठमा रहेको उद्योगबाट उत्पादन गरिएका एनडीएच ब्राण्डका उत्पादन देशैभर डिलरमार्फत बिक्री वितरण हुँदै आएको छ ।

प्रकाशित मिति:     ४ जेष्ठ २०८१, शुक्रबार  |    Himali Khabar