बझाङ ‘क’ को उपनिर्वाचनमा काङ्ग्रेसबाट हमालसहित १० जनाको नाम सिफारिस

बझाङ ‘क’ को उपनिर्वाचनमा काङ्ग्रेसबाट हमालसहित १० जनाको नाम सिफारिस


काठमाडौं ।  बझाङ ‘क’ बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट १० जनाको नाम सिफारिस भएको छ । यस क्षेत्रमा  आगामी वैशाख १५ मा उपनिर्वाचनका हुँदैछ ।

जसमा नारायण हमाल, जगतप्रसाद जोशी, सत्यराज भण्डारी, शान्ति बोहरा (पुजारा), अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह (जगत), लोकेन्द्रबहादुर रोकाया,  र अर्जुन स्याडा रहेका छन् । बझाङ ‘क’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।

कांग्रेस केन्द्रीय समितिको परिपत्रअनुसार तीनजनाको नाम सिफारिस गर्न भने पनि आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि जिल्ला कार्य समितिले १० जना आकाङ्क्षीको नाम सिफारिस गरेको हो ।

प्रकाशित मिति:     ६ चैत्र २०८०, मंगलवार  |    Himali Khabar