पिस कोरका उपनिर्देशक डेभिड ई. ह्वाइट जुनियर नेपालमा, राजदूत थम्पसनद्वारा स्वागत

पिस कोरका उपनिर्देशक डेभिड ई. ह्वाइट जुनियर नेपालमा, राजदूत थम्पसनद्वारा स्वागत

काठमाडौं । पिस कोरका उपनिर्देशक डेभिड ई. ह्वाइट जुनियर नेपाल आउनुभएको छ । आज पिस कोरका उपनिर्देशक डेभिड ई. ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणका लागि काठमाडौं आउनुभएको हो ।

उहाँलाई नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले स्वागत गर्नुभयो

आफ्नो भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले नेपाल सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गरी स्थापनाकालदेखि नै पिस कोर कार्यक्रमलाई उहाँहरूले गरेको दीर्घकालीन सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुहुनेछ । साथै, उहाँले नेपालमा पिस कोर कार्यक्रम विस्तार गर्ने योजनाबारे छलफल गर्नुहुनेछ । उपनिर्देशक ह्वाइट भर्खरै आइपुगेका १० जना पिस कोर रेस्पोन्स भोलेन्टियरहरूको शपथ ग्रहण समारोहमा पनि सहभागी हुनुहुनेछ ।

नेपालमा काम गर्न आउने रेस्पोन्स भोलेन्टियरहरूको यो नै पहिलो समूह हो । पिस कोर रेस्पोन्स कार्यक्रमले अनुभवी अमेरिकी स्वयंसेवकहरूलाई अल्पकालीन ( नौदेखि बाह्र महिना) अवधिका, उच्च-प्रभाव दिने खालका कामहरू पुरा गर्नतर्फ लक्षित उनीहरूको सहयोगका लागि अनुरोध गर्ने देशमा पठाउँने गर्दछ।

भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले हाल नेपालभर कार्यरत स्वयंसेवक र उनीहरूका समकक्षीसँग पनि भेटघाट गर्नुहुनेछ ।

प्रकाशित मिति:     २ जेष्ठ २०८१, बुधबार  |    Himali Khabar