बेलकोटगढी नगरपालिकाले कोरोना संक्रमतिलाई पाँच हजारका दरले पोषणभत्ता दिन थाल्यो

बेलकोटगढी नगरपालिकाले कोरोना संक्रमतिलाई पाँच हजारका दरले पोषणभत्ता दिन थाल्यो

काठमाडौं , ५ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ। नगरपालिकाभित्र कोरोना भाइरस संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो ।

गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम वितरण गर्न थालिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए । कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसिसकेका १८ जनालाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको छ ।

रकमका लागि संक्रमित सबैलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ । नगरपालिकाले उनीहरुका लागि पोषणभत्तास्वरुप ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति:     ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar