वैदेशिक सहायता प्रतिवद्धतामा २६ प्रतिशतले कमी

वैदेशिक सहायता प्रतिवद्धतामा २६ प्रतिशतले कमी

काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धतामा २६.२ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक सहायता प्रतिबद्धतामा कमी आएको हो ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिना ९साउनदेखि फागुनसम्म०को अवधिमा नेपालले एक खर्ब एक अर्ब २० करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । गत आर्थिक वर्ष २०७९–०८० को सोही अवधिमा नेपालले एक खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता ४० प्रतिशत र ऋण सहायता ६० प्रतिशत रहेको छ । यस अवधिमा भएको वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी एसियाली विकास बैंकबाट ४७ प्रतशत रहेको छ ।

साथै, चालु आर्थिक वर्षको पहिलो आठ महिनामा प्राप्त भएको वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी बजेटरी सहायता क्षेत्रमा २१.५ प्रतिशत रहेको छ भने सबैभन्दा न्यून सामाजिक क्षेत्रमा रहेको छ ।

प्रकाशित मिति:     १९ बैशाख २०८१, बुधबार  |    Himali Khabar