दिगो विकास लक्ष्यबारे कार्यक्रम सम्पन्न : १ वक्ता, १ दिगो विकास लक्ष्य र १ मिनेट समय

दिगो विकास लक्ष्यबारे कार्यक्रम सम्पन्न : १ वक्ता, १ दिगो विकास लक्ष्य र १ मिनेट समय

काठमाडौं । नेपालमा दिगो विकास लक्ष्य (एसडीजी) नगेट आवरको दोस्रो सत्र २१ अप्रिल, २०२४ मा भर्चुअलरुपमा सम्पन्न भएको छ । जहाँ नौ जना वक्ताहरुले भाग लिई दिगो विकास लक्ष्यहरूको बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमलाई अल्फाजुलु नेपालका कन्ट्री डाइरेक्टर आशिष शर्माले सहजीकरण गरेका थिए । सोहि कार्यक्रममा कार्यक्रमको संयोजक एलिजाबेथ एम मुलार्ड (संस्थापक निर्देशक), अल्फाजुलु एड्भोकेट्स पनि सहभागि थिए ।

कार्यक्रमको मुख्य विषय १ वक्ता, १ दिगो विकास लक्ष्य र १ मिनेट समय थियो । वक्ताहरुले आफ्नो कार्यअनुभबका आधारमा र नेपालमा विभिन्न सस्थाहरुले कसरी काम गरिरहेको छ, जसले दिगो विकास लक्ष्य २०३० को एजेन्डामा योगदान पुर्याने विश्वास गरिएको छ ।

नेपालमा दिगो विकासका क्षेत्रहरुमा काम गर्ने अधिवक्ताहरू र अभ्यासकर्ताहरूबाट बहुदेशीय उदाहरणहरू सहित, बाइट साइज एड्भोकेसी, कथा कथन, शोकेस, शिक्षा, जानकारी र दिगो विकास लक्ष्यहरूमा सल्लाहको लागि मासिक भर्चुअल प्लेटफर्म हो। जहाँ सहभागिहरुले २०३० एजेन्डा र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न आफ्नो काम मार्फत आफ्नो योगदानबारे बताएका थिए । कार्यक्रमलाई विभिन्न सामाजिक माध्यमबाट जस्तै फेसबुक, युट्युब र ट्वीटर मार्फत अनलाइनबाट प्रबाह गरिएको थियो । जुन विश्वव्यापीरुपमा दर्शकहरूको लागि सजिलै पहुँचयोग्य हुनेछ ।

कार्यक्रममा सहभागि श्रीधर बस्यालले दिगो बिकाश लक्ष्य नम्बर ११, दिगो शहरहरू र समुदायले शहरहरू र समुदायहरूलाई समावेशी, सुरक्षित, लचिलो र दिगो बनाउने लक्ष्य राख्छ। यो लक्ष्य हासिल गर्नका लागि सरकार, समुदाय र सरोकारवालाहरू बीचको सहकार्य महत्त्वपूर्ण छ भन्दै आफ्ना बिचारहरु राखे । प्राध्यापक, अनुसन्धानकर्ता डा सरिता खनालले दिगो बिकास लक्ष्य नम्बर १६,ले शान्तिपूर्ण र समावेशी समाजको प्रवद्र्धन, न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने र सरकारका तीनवटै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने मुख्य उद्देश्य रहेको कुरामा जोड दिइन् ।


प्रशिक्षक आराधना सिंहले लक्ष्य नम्बर ४ गुणस्तरीय शिक्षाले विश्वका जुनसुकै देशका नागरिकको जीवन गुणस्तर शिक्षाबाट मात्रै माथि उठ्न सकिन्छ भन्ने बताइन् । रुपा जोशीले लैङ्गिक समानता र महिला सशक्तिकरणले लैङ्गिक समानता महिलाको मात्र मुद्दा होइन। यो मानव अधिकारको मुद्दा हो जसले सबैलाई फाइदा गर्छ भन्ने कुरामा जोड दिइन् ।

तेजेन्द्र जीसी, अमितसिंह वाघेला ले पनि एसडीजी बारेमै धारणा राखे । लक्ष्य नम्बर ८ “सम्मानजनक काम र आर्थिक वृद्धि , पूर्ण र उत्पादनशील रोजगारी” सम्मानजनक काम भनेको उत्पादनशील र उचित आम्दानी, कार्यस्थलमा सुरक्षा र परिवारहरूको लागि सामाजिक सुरक्षा, व्यक्तिगत विकास र सामाजिक एकीकरणको लागि राम्रो सम्भावनाहरू प्रदान गर्ने काम प्राप्त गर्ने अवसरहरू होर दिगो र समावेशी आर्थिक वृद्धिले प्रगति गर्न, सबैका लागि मर्यादित रोजगारी सिर्जना गर्न र जीवनस्तरमा सुधार ल्याउन सक्छ भन्ने कुरामा मुना अधिकारीले जोड दिइन् ।

प्रकाशित मिति:     १४ बैशाख २०८१, शुक्रबार  |    Himali Khabar