यो वर्षको अन्त्यसम्म सबैलाई कोरोना विरुद्धको खोप ः प्रधानमन्त्री देउवा

यो वर्षको अन्त्यसम्म सबैलाई कोरोना विरुद्धको खोप ः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षको अन्त्यसम्म सबैलाई कोरोना विरुद्धको खोप पुर्‍याउने बताए । ७ औं संविधान दिवसका अवसरमा टुँडिखेलमा आइतवार आयोजित सभामा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य नागरिकलाई खोप दिइने बताए । आफू नेतृत्वको सरकारको जोड कोभिड– १९ विरुद्धको खोप रहेको पनि उनले बताए ।

प्रधानमन्त्री देउवाले कोभिड– १९ संक्रमणको जोखिमबाट बचाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै संविधानले नागरिकको आकांक्षा र भविष्‍यलाई एकाकार गरेको बताए ।

प्रकाशित मिति:     ३ आश्विन २०७८, आईतवार  |    Himali Khabar