विप्लवका नेता ताप्लेजुङमा पक्राउ

विप्लवका नेता ताप्लेजुङमा पक्राउ

काठमाडौं, १३ चैत । कारागारमा रहेका सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई छाड्न सरकार सहमत भएको महिना–दिन नपुग्दै प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ताप्लेजुङका नेता सागर लिम्बूलाई पक्राउ गरेको छ।

सदरमुकाम फुङ्लिङ बजारबाट लिम्बूलाई पक्राउ गरिएको ताप्लेजुङका डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । सहमतिविपरीत सरकारले लिम्बूको पक्राउ गरेको विप्लवको मेची कोशी ब्यूरो इञ्चार्ज प्रकाशले आरोप लगाएका छन्। सरकारको नियतप्रति आशंका गर्नुपर्ने अवस्था आएको उनले विज्ञप्तिमार्फत् बताएका छन्।

प्रकाशित मिति:     १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar