सीके राउत नेतृत्वको पार्टीको महाधिवेशन चैत २८ गते

सीके राउत नेतृत्वको पार्टीको महाधिवेशन चैत २८ गते

जनकपुर, ११ चैत । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको यही चैत २८ गते जनकपुरधामको बाह्रबिघा मैदानमा राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

महाधिवेशनमा देशभरबाट ५ हजार प्रतिनिधि सहभागी हुने उक्त पार्टीले जनाएको छ । महाधिवेशनमा २५ हजार स्वयंमसेवक परिचालन हुने र विदेशका अतिथिहरु समेत सहभागी हुने बताइएको छ ।

महाधिववेशनमा सहभागी हुने प्रतिनिधिले अनिवार्य रुपमा पार्टीको सदस्यता घाँटीमा झुण्ड्याएको हुनुपर्ने र स्वयंमसेवकले अनिवार्य एक हजार रुपैयाँ सहयोग गर्नुपर्ने निर्देशन दिइएको छ ।

महाधिवेशनमा सहभागी हुनका लागि चैत १५ गतेभित्र वडा तथा पालिका अधिवेशनहरु सम्पन्न गरिसक्न पनि निर्देशन दिइएको छ ।

प्रकाशित मिति:     ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar