निगम निजीकरणको बिरोधमा कर्मचारीहरुले ऐक्यवद्धता जनाए

निगम निजीकरणको बिरोधमा कर्मचारीहरुले ऐक्यवद्धता जनाए

काठमाडौं। नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरुलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नका लागि कम्पनीको प्रवन्धपत्र र नियमावली समेत बनाइसकेको र निगमलाई बेच्न लागिएको भन्दै कर्मचारीहरु निरन्तर आन्दोलित छन् ।

निजीकरण गर्ने निर्णय फिर्ता लिनुपर्ने र निगमको सञ्चालक समिति सदस्यहरु र महाप्रवन्धकको राजिनामा माग गर्दै वायु सेवा निगममा क्रियाशिल ट्रेड युनियनहरु आन्दोलित छन् ।

आन्दोलनरत ट्रेड युनियनहरुलाई अन्य विभिन्न संघ, संस्था तथा निकायका कर्मचारी संघ, संगठनले एक्यवद्धता जनाउँदै माग पुरा नहुञ्जेलसम्म आन्दोलन नरोक्न आग्रह गरेका छन् ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन शर्माले नेपाल वायु सेवा निगम राष्ट्रिय गौरवको संस्था भएको उल्लेख गर्दै राज्यले यसलाई नाफा, घाटासँग हेर्नु नहुने धारणा राखे ।

प्रकाशित मिति:     २९ असार २०७८, मंगलवार  |    Himali Khabar