यति एयरलाइन्सद्वारा गुण एयरलाइन्सलाई ५ वटा जेट स्टिम विमान हस्तान्तरण

यति एयरलाइन्सद्वारा गुण एयरलाइन्सलाई ५ वटा जेट स्टिम विमान हस्तान्तरण

काठमाडौं । यति एयरलाइन्सले ५ वटा जेटस्टिम विमान गुण एयरलाइन्सलाई हस्तान्तरण गरेको छ । यसका लागि यति एयरलाइन्सका लाक्पा सोनम शेर्पा र गुण एयरलाइन्सका राजेन्द्र शाक्यबीच आज हस्तान्तरण भएको छ ।

गुण एयरलाइन्सले यति एयरलाइन्सका ५ वटा जेट स्टिम विमान खरिद गर्ने निर्णय गरेको थियो । यती एयरलाइन्सले ती विमान सन् १९९८ मा खरिद गरेको थियो ।

गुणले सञ्चालन बन्द भएको ८ वर्षपछि फेरि नेपाली आकाशमा उडान भर्न लागेको हो ।

प्रकाशित मिति:     २५ असार २०७८, शुक्रबार  |    Himali Khabar