चार्टर्ड उडानमा अनियमिता भए उजुरी दिन पर्यटन मन्त्रालयको आहृवान

चार्टर्ड उडानमा अनियमिता भए उजुरी दिन पर्यटन मन्त्रालयको आहृवान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी नागरिकलाई नेपालबाट स्वदेश फर्काउन जारी गरिएका चार्टर्ड उडानका सम्बन्धमा अनियमितताको जानकारी भए मन्त्रालयमा उजुरी गर्न आहृवान गरेको छ । अहिले सरकारले नेपाल भ्रमणमा आएका पर्यटक, कूटनीतिक प्रयोजनका लागि नेपाल आएका विदेशीलाई स्वदेश फर्काउन चार्टर्ड उडानको अनुमति दिएको भन्दै मन्त्रालयले ती उडानमा अनियमितताको जानकारी भए मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणमा उजुरी गर्न आहृवान गरेको हो ।

पछिल्लो समय नेपालमा रहेका भारतीय नागरिकलाई समेत चार्टर्ड उडानमार्फत विदेश जाने अनुमति दिइएको छ । यसका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले कुल १० उडानको अनुमति पाएका छन् ।

मन्त्रालयले दूतावासको अनुरोध भएअनुसार नै चार्टर्ड उडानको अनुमति दिने गरिएको भन्दै यसमा सरकारले सहजिकरण मात्र गरेको दाबी समेत गरेको छ । पछिल्लो समय चार्टर्ड उडानमा अनियमितता भएको भन्दै व्यवसायीहरुले नै उडान बन्द गरि नियमित उडान सुचारु गर्न माग गर्दै आएका छ्न ।

प्रकाशित मिति:     ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar