अरब सागरको आँधीको प्रभाव : हिमाल आरोहणमा गएकालाई सुरक्षित रहन सुझाव

अरब सागरको आँधीको प्रभाव : हिमाल आरोहणमा गएकालाई सुरक्षित रहन सुझाव

काठमाडौं । अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न–नगराउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद्हरुले हिमाल आरोहणमा गएकाहरु यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुने सुझाव दिएका छन् ।

यसको प्रभाव पश्चिमबाट क्रमैसँग पूर्वतर्फ सर्दै गएको हुँदा बिहीबारदेखि यसबारे प्रभाव बढी देखिने हुँदा उच्च सतर्कता अपनाउन आवश्यक रहेको छ । हिमालको माथिल्लो क्षेत्रमा गएकाहरु आधार शिविरमा झर्ने या सुरक्षित स्थानमा सुझाव दिएका छन् । यो समयमा उच्च वेगको हावा, पानी र हिमपात हुने सम्भावना मौषविदु्ले औल्याएका छन् ।

यस वर्षको वसन्त याममा सगरमाथासहितका हिमाल आरोहणका लागि ८५ समूहका ७४२ आरोहीले अनुमति पाएका छन् । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागले जनाएको छ ।

प्रकाशित मिति:     ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar