सोल्टी होटल १३ करोड ६६ लाखभन्दा बढी नोक्सानीमा

सोल्टी होटल १३ करोड ६६ लाखभन्दा बढी नोक्सानीमा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सोल्टी होटल१३ करोड ६६ लाख ३८ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ ।

गतवर्ष यस अवधिसम्म १४ करोड ५ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष आम्दानीभन्दा खर्च बढी भएकाले नोक्सानी व्यहोर्नु परेको हो ।
गत वर्षको तेस्रो त्रैमासको शुरुवातदेखि नै कोभिड महामारीका कारण प्रभावित बनेको होटल व्यवसाय हालसम्म महामारी कायमै रहँदा प्रभावित बनेको हो ।

कम्पनीले सोमवार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष कुल आम्दानी ३० करोड ८७ लाख ४७ हजार रुपैयाँ भएकोमा कुल खर्च ४४ करोड ४९ लाख ७४ हजार रुपैयाँ भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति २ अर्ब १२ करोड ३० लाख ८९ हजार र कुल दायित्व ६० करोड ९९ लाख ४२ हजार रुपैयाँ छ ।

प्रकाशित मिति:     ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar