५४ वर्ष पुरानो सोल्टी होटल अव ‘दि सोल्टी काठमाडौं’ का नामबाट परिचित हुँदै

५४ वर्ष पुरानो सोल्टी होटल अव ‘दि सोल्टी काठमाडौं’ का नामबाट परिचित हुँदै

काठमाडौं । सोल्टी होटल अब ‘दि सोल्टी काठमाडौं’ का नामबाट परिचित हुने भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर बिष्टले शुक्रवार जारी गरेको प्रेस विज्ञप्ति अनुसार सोल्टी होटेलसँग इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) को व्यवस्थापन सम्झौता समाप्त भएकोले अब सोल्टीले व्यवस्थापनमा विदेशी साझेदार नराखी स्वयम् सञ्चालन गर्ने उल्लेख गरेका छन् । साथै उनले यसका लागि होटेलको रिब्रान्डिङसमेत गर्ने निर्णय भएको बताएका छन् ।

विज्ञप्तिमा उल्लेख भएअनुसार आईएचजीसँग रहेको शेयरसमेत नेपाली व्यवस्थापकलाई विक्री गरेका कारण यो होटेल अब पुनःब्राण्डिङमा जाने निर्णयमा गरिएको हो । यसबाट अब कम्पनीको सम्पूर्ण आम्दानी स्वदेशमै रहने छ ।

दि सोल्टी काठमाडौंका रुपमा कम्पनीले होटलसँगै एलएसजी स्काई सेफ काठमाडौंसमेत सञ्चालन गरिरहेको छ । उक्त होटलमा २८५ वटा कोठा र विशिष्ट स्तरका सुइटहरु रहेका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्तरीय लाउन्जसमेत सोल्टीकै व्यवस्थापनमा सञ्चालनमा रहेको छ । कम्पनीले दुई वर्ष अगाडि मात्र नेपालगञ्जमा अर्को पाँचतारे होटेल ‘सोल्टी वेष्टेण्ड प्रिमियर’ सञ्चालनमा ल्याइसकेको छ ।

प्रकाशित मिति:     ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar