नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरूलाई नेपाल भ्रमणमा नजान भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल भ्रमणमा नजान भनेको हो।

त्यस्तै, अहिले अन्तर्राष्ट्रिय उडानहरू मे ३१ सम्मको लागि बन्द गरिएको हुँदा काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चार्टर्ड फ्लाइटबाट अमेरिका लैजाने तयारी गरेको छ।

प्रकाशित मिति:     २९ बैशाख २०७८, बुधबार  |    Himali Khabar