ट्राभल तथा ट्रेकिङ गरेर काठमाडौं आउँने पर्यटकले ५ दिन क्वारेन्टिमा बस्नुपर्ने

ट्राभल तथा ट्रेकिङ गरेर काठमाडौं आउँने पर्यटकले ५ दिन क्वारेन्टिमा बस्नुपर्ने

काठमाडौं । नेपाल भ्रमणका क्रममा रहेका पर्यटकहरुले काठमाडौं आएपछि ५ दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ट्राभल तथा ट्रेकिङका लागि अनुमति लिई गएका पर्यटकहरुलाई काठमाडौंमा आई ५ दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्ने सर्तमा नेपाल पर्यटन बोर्डको सिफारिसमा सवारी साधन लगायतको आवागतमा सहज बनाई दिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

यस्तै ट्राभल तथा ट्रेकिङका लागि अनुमति लिएर १० दिन क्वारेन्टिमा बसेका र पिसिआर रिर्पोट नेगेटिभ आएका पर्यटकलाई आन्तरिक पदमार्गमा जादा आवश्यक सहजिकरण गरिदिन पनि भनेको छ ।

एयर ववल सुविधा अन्तर्गत आउने यात्रुलाई क्वारेन्टिमा राख्न व्यवस्था गरिएका होटलमा आवश्यकता अनुसार कर्मचारी आवागमनमा सहजिकरण गर्न पर्यटन मन्त्रालयले गृहलाई भनेको छ ।

प्रकाशित मिति:     २६ बैशाख २०७८, आईतवार  |    Himali Khabar