बहराइन राजकुमारको टोली सगरमाथा चुचुरोतर्फ लाग्यो

बहराइन राजकुमारको टोली सगरमाथा चुचुरोतर्फ लाग्यो

काठमाडौं । बहराइन राजकुमारसहितको पर्वतारोहण टोलीले सगरमाथा आरोहण सुरु गरेको छ । राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफासहित दुईदर्जन पर्वतारोहीको टोली हिजोरातीदेखि चुचुरोतर्फ लागेको जानकारी दिइएको छ।

आरोहणका टासिलाक्पा शेर्पाका अनुसार यो टोलीले बैशाख २८ गते चुचुरोमा पुग्ने लक्ष्य लिएको छ । यो आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेकले गरेको छ ।

यस सिजनमा आरोहण गर्नेमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोही छन ।

प्रकाशित मिति:     २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar