अप्रिलमा २२ हजार चार सय ५० विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिलमा २२ हजार चार सय ५० विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । गएको अप्रिल महिनामा मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै एक सय ४४ देशका २२ हजार चार सय ५० विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार त्यसमा १७ हजार पाँच सय ९४ पुरुष, चार हजार आठ सय १९ महिला रहेका छन् ।

विभागको तथ्यांकअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट १३ हजार दुई सय दुई भारतीय पर्यटक नेपाल भित्रिएका छन् भने चीनबाट आठ सय तीन पर्यटक नेपाल भित्रिएका छन् ।

गत जनवरीमा आठ हजार आठ सय ७४ र फेबु्रअरीमा नौ हजार एक सय ४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । मार्चमा १४ हजार नौ सय ७७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

एक महिनामा विमानस्थलबाट ५८ हजार चार सय ४९ नेपाली स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति:     २० बैशाख २०७८, सोमबार  |    Himali Khabar