तालिबान सरकारले महिला मन्त्रालय खारेज गर्‍यो

तालिबान सरकारले महिला मन्त्रालय खारेज गर्‍यो

काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेको छ। त्यसको सट्टामा तालिबानले धार्मिक सिद्धान्त लागू गराउने मन्त्रालय राखेको बीबीसीले जनाएको छ।

शुक्रबार महिला मामिला मन्त्रालयको बोर्ड हटाएर सद्गुण प्रचार तथा दुर्गुण रोकथाम मन्त्रालय राखिएको हो। सामाजिक सञ्जालमा मन्त्रालयका महिला कर्मचारीले कार्यालयबाहिर काम गर्न पाउनुपर्ने माग गर्दै गरेको भिडिओ सार्वजनिक भएका छन्।

सन् १९९० तिर तालिबानले यो मन्त्रालयमार्फत् महिलाहरूमाथि इस्लामिक नियम र कडा प्रतिबन्धहरू लागू गरेको थियो।

प्रकाशित मिति:     २ आश्विन २०७८, शनिबार  |    Himali Khabar