वासिङ्टनमा कोरोना विरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार

वासिङ्टनमा कोरोना विरुद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार

काठमाडौं । अमेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको छ।

सोमबार घोषणा भएको उक्त कार्यक्रमको नाम ‘जोइन्ट्स फर ज्याब्स’ राखिएको छ। यसबाट युवाहरू कोरोना खोप लगाउन उत्प्रेरित हुने आशा गरिएको छ। खोप लगाउँदा गाँजा खान पाइने कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ।

वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन्।

प्रकाशित मिति:     २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar