प्रिन्स ह्यारी र मेगनको दोस्रो सन्तान छोरी जन्मिइन्

प्रिन्स ह्यारी र मेगनको दोस्रो सन्तान छोरी जन्मिइन्

एजेन्सी।बेलायती राजकुमार ह्यारी र मेगन मर्केलले दोस्रो सन्तानको रुपमा छोरी जन्मिएको बताएका छन्। ड्युक एन्ड डचेज अफ ससेक्सले छोली लिलीबेट ‘लिली’ डायना माउन्टबेटन विन्डसरको जन्म शुक्रबार बिहान अमेरिकाको क्यालिफोर्नियाको सेन्टा बार्बरा अस्पतालमा भएको उल्लेख गरेका छन्।

आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको छ। उनीहरुले छोरी लिलीबेटको नाम शाही परिवारकी महारानी र हजुरआमाको सम्मानमा राखिएको उल्लेख गरेका छन्।

प्रकाशित मिति:     २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar