सोमालियामा खाद्यसंकट, २७ लाख प्रभावित

सोमालियामा खाद्यसंकट, २७ लाख प्रभावित

एजेन्सी। सोमालियामा खडेरीका कारण खाद्यसंकट परेको छ। समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा बढेका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएका हुन्।

मानवीयतासम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसीएचए)का अनुसार सोमालियामा यसै वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्ममा खाद्यसंकट पर्नेछ। त्यहाँ मनसुनी वर्षा नहुनाले उब्जनी निकै घटेको छ। सोमालियाबासीलाई खाद्यान्न सहयोग उपलब्ध गराउनुपर्ने ओसीएचआरले बताएको छ।

प्रकाशित मिति:     २२ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar