एनएमए निर्वाचन : बन्यो कांग्रेस-एमाले गठबन्धन, अध्यक्षबाट टिकाराम गुरुङ ब्याक

एनएमए निर्वाचन : बन्यो कांग्रेस-एमाले गठबन्धन, अध्यक्षबाट टिकाराम गुरुङ ब्याक

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनमा कांग्रेस र एमाले निकट व्यवसायीहरुबीच गठबन्धन गर्ने भएका छन् । यसअघि दुबै संगठनले अध्यक्षमा छुट्टाछुट्टै उम्मेदवार खडा गरेपनि आज पुन कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङको नेतृत्वमा टिम निर्माण गरेका छन् ।

यसअघि एमाले निकट व्यवसायीहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संगठनले अध्यक्षका लागि टिकाराम गुरुङलाई अघि सारेको थियो । तर आज कुल बहादुर गुरुङको नेतृत्वमा उनी वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन् ।

यस्तै उक्त प्यानलको प्रथम उपाध्यक्षमा मिङमा डेबिट शेर्पा ,महासचिवमा बिमल नहर्की र कोषाध्यक्षमा सुमि लामाले उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि एमाले निकट व्यवसायीहरुले टानको निर्वाचनमा कांग्रेस निकट व्यवसायीहरुले धोका दिएको भन्दै एनएमए निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति:     २७ श्रावण २०८२, सोमबार  |    Himali Khabar