काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनले यतीबेला पर्यटन बजार तातेको छ । अध्यक्षका आकांक्षीहरुले उम्मेदवारी घोषणा गरेसँगै दलगत छलफलले तीब्रता पाएको छ ।
आगामी अध्यक्षका लागि नेपाली कांग्रेस सम्वद्ध पर्यटन व्यवसायीहरुले कुलबहादुर गुरुङ, नेकपा एमाले सम्वद्ध व्यवसायीहरुले टिकाराम गुरुङ, माओवादी केन्द्र सम्वद्ध व्यवसायीहरुले ठाकुरराज पाण्डेलाई उम्मेदवारका रुपमा अघि सारेका छन् । यस्तै फुर्वा ग्याल्जेन शेर्पाले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनीहरु सबैले नेपालको पर्वतीय पर्यटनको विकासलाई प्रमुख प्राथमिकतामा राखेका छन् ।
भत्कियो कांग्रेस–एमाले गठबन्धन
केही अद्धि सम्पन्न टानको निर्वाचनमा कांग्रेस र एमाले सम्वद्ध व्यवसायीहरुबीच गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । गठबन्धनबाट राजेन्द्र सापकोटा अध्यक्षका प्रत्यासी थिए । तर माओवादी र कांग्रेसका असन्तृष्ट समुहले सागर पाण्डेलाई अध्यक्षमा समर्थन गरेका थिए । अन्ततः अध्यक्षमा पाण्डेले बाजीमारेसँगै एमाले कांग्रेसले अन्र्तघात गरेको आरोप लगाएको छ ।
एनएमको निर्वाचन भदौं ७ मा हुँदैछ ।