ठमेलमा चुनावी ब्यानरको भद्रगोल, महानगर मौन !

ठमेलमा चुनावी ब्यानरको भद्रगोल, महानगर मौन !

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को चुनावले यतीबेला ठमेलको माहोल तातेको छ ।
भोलि हुने निर्वाचनलाई लक्षित गरी उम्मेदवारले सडकभरि प्रचार सामग्री राखेका छन ।

ब्यानर राख्दा ठमेलको सौन्दर्य बिग्रिएको भन्दै स्थानीय र व्यवसायीले आलोचना गरेका छन । यसअघि सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, भित्ते लेखन र अव्यवस्थित प्रचार सामग्री हटाउन निकै आक्रामक देखिएको काठमाडौं महानगरपालिका, ठमेलमा देखिएको यो भद्रगोलमा भने मौन देखिएको भन्दै आलोचना भएको छ ।

ठमेलका मुख्य सडकहरूमा व्यापक रूपमा ब्यानर र चुनावी सामग्री राखिएका छन्। तर, महानगरपालिकाले यसलाई रोक्न वा हटाउन कुनै चासो नदेखाएको भन्दै स्थानीय व्यवसायी तथा घरधनीले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रकाशित मिति:     २६ असार २०८३, शुक्रबार  |    Himali Khabar