नुवाकोट क्षेत्र २ ख को मतपत्रमा निर्वाचन अधिकृतको फरक फरक हस्ताक्षर, गम्भिर सेटिङको आशंका

नुवाकोट क्षेत्र २ ख को मतपत्रमा निर्वाचन अधिकृतको फरक फरक हस्ताक्षर, गम्भिर सेटिङको आशंका

नुवाकोट । नेपाली कांग्रेसको नुवाकोट क्षेत्र नम्बर २ ख को मतपत्रमा निर्वाचन अधिकृतको फरक फरक हस्ताक्षर देखिएपछि बिवाद बढेको छ । मतपत्र पिच्छे फरक फरक हस्ताक्षर देखिएपछि त्यसको विश्वासनियता माथि प्रश्न उठाउँदै अहिले मत गणना प्रक्रिया नै स्थागित गरिएको छ।

प्राप्त विवरण अनुसार कुल खसेको मत ६९६ हो । तर गणाना भएको मत संख्या फरक फरक देखिएको छ । केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ६९३, क्षेत्रीय कार्यसमितिमा ६९९, प्रदेश कार्यसमितिमा ६८८ र बागमती प्रदेश प्रतिनिधिमा ६९५ मत खसेको छ ।

कुल खसेको मतभन्दा बढी ६९९ मत क्षेत्रीय कार्यसमितिमा कसरी खस्यो भनेर प्रश्न उठेको छ ।

मतपत्रमा देखिएको फरक फरक हस्ताक्षर नै परीक्षण गर्नुपर्ने माग समेत उठेको छ।

प्रकाशित मिति:     १८ आश्विन २०८३, आईतवार  |    Himali Khabar