एनटीसीमा एचडी भ्वाइससहितको नयाँ सेवा सुरु, यसरी गर्नुहोस् सेवा एक्टिभ

एनटीसीमा एचडी भ्वाइससहितको नयाँ सेवा सुरु, यसरी गर्नुहोस् सेवा एक्टिभ

काठमाडौं । नेपाल टेलिकमले आजबाट फोरजीमा आधारित भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ । यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमको यो सेवा प्राप्त गर्न तपाईंको मोबाइल भिओ एलटीई सपोर्ट गर्ने खालको हुनुपर्छ ।

भिओ एलटिई सेवा प्राप्त गर्न मोबाइलमा *४४४#डायल गर्नुपर्छ । त्यसपछि आउने निर्देशनअनुसार यो सेवा एक्टिभ गराउन सकिन्छ । त्यसपछि मोबाइलको सेटिङमा गएर भिओ एलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्छ ।

यो प्रक्रिया पूरा गरेपछि तपाईंको मोबाइल सेटमा भिओ एलटिई एक्टिभ रहेको संकेत देखापर्छ । त्यसपछि *१११# डायल भयो भने भ्वाइस ओभर (भिओ) एलटिई सेवा उपयोग गर्न सकिन्छ । यो एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिन्छ ।

नेपाल टेलिकमका अनुसार प्रिपेड र पोस्टपेड दुवै प्रकारका सिममा भिओ एलटिई सेवा प्राप्त हुन्छ । तर यो सेवा सपोर्ट गर्ने÷नगर्ने भन्ने कुरा तपाईंको मोबाइल सेटमा भर पर्छ।

हाललाई सामसुङ, शाओमी र नोकिया ब्राण्डका निश्चित मोडेलहरुमा यो सेवा उपलब्ध छ ।

प्रकाशित मिति:     ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar