प्रवासमा बसेर पनि देशको सेवामा समर्पित डा.रमिल, गीत संगितदेखि पर्यटन प्रवद्र्धनमा सधै ब्यस्त

प्रवासमा बसेर पनि देशको सेवामा समर्पित डा.रमिल, गीत संगितदेखि पर्यटन प्रवद्र्धनमा सधै ब्यस्त

काठमाडौं । डा. रमिल अधिकारी न्यूजिल्याडस्थित नेप्लीज कल्चर एन्ड टुरिजम प्रमोशन फोरमका अध्यक्ष हुनुहुन्छ । न्यूजिल्याण्ड सरकारको स्वास्थ्य मन्त्रालयको उच्च ओहोदामा कार्यरत अधिकारी प्रवासमा बसेपनि आफ्नो मातृभूमिलाई केही गरौं भनेर प्रयत्नरत हुनुहुन्छ ।

नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्न केही समय अघि मात्र न्यूजिल्याण्डको अपरहटमा नेपालीशैलीको मन्दिर बनाउन पहल गर्नुभएको उहाँले अब छिटै पोखरा महानगरपालिका र अपरहट महानगरपालिकाबीच भगिनी सम्बन्ध विकास गर्ने योजनामा काम गरिरहनु भएको छ । यसका साथै नेपालको पर्यटन विकासका लागि पनि न्यूनिज्लाण्डमा विभिन्न कार्यक्रम गर्दै आउनुभएको छ । सोही अनुसार पर्यटन प्रवद्र्धनका लागि हरेक वर्षको मे २९ अर्थात विश्व सगरमाथा दिवसका दिन विभिन्न कार्यक्रम गर्दै आउनुभएको छ ।

यसका अलवा नेपाली गीत संगीतलाई पनि उत्तीकै माया गर्दै आउनुभएको छ । गतवर्ष मात्रै ‘जीउने चाहना’ बोलको गीत ल्याउनुभएको उहाँले यो वर्ष पनि ‘हाम्रो जे भने नी तिमी’ बोलको गीत ल्याउनुभएको छ । उहाँको शब्द रहेको उक्त गीतमा ज्ञानेन्द्र गिरीको संगीत, विशाल निरौलाको एरेन्ज र बाल गायक सुप्रिम मल्ल ठकुरी र गायिका जास्पर देवापाटेले स्वर दिनुभएको छ । अभिनेता राजेश हमालसँग दुई बाल कलाकार एलेक्स खड्का र एभिलिना खड्कालाई भिडियोमा प्रस्तुत गर्नुभएको छ । ‘रमिल क्रियशन’बाट सार्वजनिक गरिएको उक्त गीत अहिले निकै रुचाइएको छ ।

नेपाली कला संस्कृति र पर्यटनको विकासमा आगामी दिनमा पनि थप सशक्त ढंगले लाग्ने उहाँको योजना छ । नेपालमा पर्यटन विकासको अथाह सम्भावना रहेकाले गुणस्तरीय पर्यटक बढाउन प्रवासमा रहेर विभिन्न काम गरिरहेकाले आगामी दिनमा नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको जनाउनुभएको छ ।

प्रकाशित मिति:     २७ पुष २०८०, शुक्रबार  |    Himali Khabar