एनआरएनए अध्यक्ष पन्तलाई कोभिड–१९ पोजेटिभ

एनआरएनए अध्यक्ष पन्तलाई कोभिड–१९ पोजेटिभ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई कोभिड–१९ पोजेटिभ देखिएको छ। उनले केही दिन यता आफूसँग सम्पर्कमा रहेकालाई सजक हुन आग्रह गरेका छन् ।

उनी काठमाडौं र चितवनमा सक्रिय भेटघाटमा थिए । त्यसैले उनले आफ्नो सम्पर्कमा आएकालाई सावधानी अपनाउन आग्रह गरेका हुन् । उनी अहिले घरमा आराम गरिरहेका छन् ।

खोकी लागेको, छात्तिमा असजिलो महसुस भएको र जरो आएको उनले बताएका छन् ।

प्रकाशित मिति:     २० बैशाख २०७८, सोमबार  |    Himali Khabar