बिहे भोजमा सहभागि १५ जनामा कोरोना संक्रमण

बिहे भोजमा सहभागि १५ जनामा कोरोना संक्रमण

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आयोजित बिहे भोजमा सहभागी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुष्टि भएपछि छरछिमेकीहरुको पनि परीक्षण गरिएको थियो । त्यसक्रममा १५ जनामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले जानकारी दिए ।

दुईजना जनप्रतिनिधिसमेतलाई संक्रमण भएपछि दुई दिनलाई वडा नं. १० को सेवा प्रवाह पनि बन्द गरिएको छ । नगरमा थप चारजनालाई पनि संक्रमण देखिएको छ ।

प्रकाशित मिति:     १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar