स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको सुझाव

स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको सुझाव

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका १८ बुँदे सुझाव दिएको छ।

संघको कार्यालयमा सोमबार भएको विज्ञहरूसँगको छलफलपछि संघले १८ बुँदे सुझाव सार्वजनिक गरेको हो।

संघले कोरोना संक्रमण बढी देखिएका जिल्लाहरूमा स्वास्थ्य संकटकाल घोषणा गर्दै उक्त जिल्लामा लकडाउन गरेर संक्रमितको सहज उपचारको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। संघले सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहरूसँग समन्वय गरि इलेक्टिभ सर्जरी तथा नियमित स्वास्थ्य परीक्षणलाई बन्द गर्दै कोभिड-१९ को उपचारमा अस्पतालका वार्डलाई प्रयोग गर्नुपर्ने साथै अस्पतालमा बेड अक्सिजन र एचडीयूको संख्या तुरुन्त थप गर्नुपर्ने माग पनि राखेको छ।

प्रकाशित मिति:     १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar