कक्षा १२ को प्रि–बोर्ड स्थागित गरिने

कक्षा १२ को प्रि–बोर्ड स्थागित गरिने

काठमाडौं । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसनले कक्षा १२ को प्रि–बोर्ड परीक्षा स्थगित गरेको छ। सीसीएमसीको बैठकले गरेको निर्णयको आधारमा बैशाख १५ गतेदेखि हुन लागेको प्रि–बोर्ड परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो।

परीक्षा स्थगित भएपनि प्रश्नपत्र गोप्य र सुरक्षित राख्न सबै विद्यालयहरूलाई प्याब्सनले आग्रह गरेको छ। 

प्रकाशित मिति:     १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar