सम्पत्ति लिएर आमाको हेरचाह नगर्दा जेल चलान

सम्पत्ति लिएर आमाको हेरचाह नगर्दा जेल चलान

काठमाडौं । आमाको सम्पत्ति हिनामिना गरेर हेरचाह नगरी बेवास्ता गरेको भन्दै नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पुर्पक्षका लागि जेल चलान भएकी छन् ।

जिल्ला अदालत काठमाडौंले जेष्ठ नागरिक ऐन २०६३ बमोजिम कसुरमा थुनामा पठाउन आदेश दिएको हो । उनी चैत २२ गते पक्राउ परेकी थिइन् ।

रेग्मीलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको बताइएको छ । उनले आमाको करिव ३ करोड रुपैयाँ चलाएर हेरचाह नगरेको आरोप छ ।

प्रकाशित मिति:     ३१ चैत्र २०७७, मंगलवार  |    Himali Khabar