देउवा पत्नी राणामाथिको अनुसन्धान अन्तिम चरणमा

देउवा पत्नी राणामाथिको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं, १० चैत । नेपाली कांग्रेसकि नेतृ तथा सभापति शेरबहादुर देउवाको पत्नी आरजु राणामाथि गैरकानूनी सम्पत्ति आर्जनको आशंकामा थालिएको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

सम्पत्ति शुद्धिकरण विभागले उनी सहित दुई दर्जन नेताहरूमाथी अकूत सम्पत्ति आर्जनमा अनुसन्धान गरिरहेको छ ।विभागले दुई वर्ष अघिदेखि राणामाथि अनुसन्धान थालेको थियो । अनुसन्धान अन्तिम चरणमा पुगेको जनाइएको छ ।

देउवा पत्नी राणाविरुद्ध विभिन्न व्यवसाय, आइएनजिओ र एनजिओमार्फत गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ । त्यही आरोपसहित उनीविरुद्ध उजूरी परेको थियो ।

उक्त उजूरीमाथि अनुसन्धानका क्रममा राणसँग करिब दुई अर्ब बराबरको सम्पत्ति भेटिएको हो ।

प्रकाशित मिति:     १० चैत्र २०७७, मंगलवार  |    Himali Khabar