काठमाडौं, २७ फागुन । फेब्रुअरी १९९७ मा इलाम एकतपाका दीपक जोशीले घर छाडेका थिए । त्यसपछि उनी घर फर्केनन्। उनी हराएको ४० वर्षपछि उनका आफन्तले दीपकलाई कोलकताको दम दम केन्द्रीय जेलमा भएको थाहा पाए ।
उनका भाइ प्रकाश चन्द्र तिमसिनाले कोलकता आएर उनलाई भेटे। घरबाट निस्कने बेला दीपकले भनेका थिए, उनी दाल बेच्न जाँदै छन् । त्यसअघि उनी गाउँमै सानोतिनो काम गर्थे । उनलाई ज्योतिषमा रुचि थियो । प्रकाशले बीबीसीसँग भनेका छन्, ‘हामीले त दाजु मरिसक्नुभयो भन्ने सोचेका थियौं, नेपालको हर कुनामा खोजी गर्दा कतै भेटेनौं ।’ उनले भने, ‘त्यतिबेला भारतमा गोर्खाल्याण्ड आन्दोलन चलिरहेको थियो । हामीले सोच्यौं दाजुको त्यही आन्दोलनमा परेर मृत्यु भयो होला । यति वर्षपछि दाजुको कुनै खबर आउँछ हामीले सोचेका पनि थिएनौं ।’
उता दीपक भने ४० वर्षसम्म पश्चिम बंगालका विभिन्न जेलमा विचारधीन कैदीका रुपमा रहेका छन् । चार दशकसम्म पनि उनको विरुद्ध पुरै सुनुवाई हुन सकेको छैन ।
बुधबार उनको मुद्दामा कलकत्ता हाइकोर्टमा सुनुवाई भएको थियो । अघिल्लो सुनुवाई मार्च १५ मा छ । अदालतले दीपक रिहा भएर नेपाल आउन पाउँछन् वा पाउँदैनन् फैसला गर्नेछ ।
दीपकलाई १९८१ मा दार्जिलिङमा भएको हत्या आरोपमा गिरफ्तार गरिएको थियो । वकिल अम्बरीश नाग विश्वासका अनुसार दीपक कामको खोजीमा दार्जिलिङ पुगेका थिए ।
त्यहाँ उनी चिया बगानमा काम गर्थे । त्यहाँ रहँदा कोही व्यक्तिले उनलाई नोकरी दिने तर त्यसको बदलामा एकजनाको हत्या गर्नुपर्ने प्रस्ताव ल्याए । दिपकले हत्या गरे र उनी पक्रिए । त्यतिबेला देखि उनी जेलमा छन् । पक्रिएर पनि उनलाई कुनै अदालतमा पेश गरिएन । विभिन्न जेलमा सार्दासार्दै दीपकले जेलमै ४० वर्ष बिताए । अदालतले पटक पटक दीपकको मानसिक अवस्थाको रिपोर्ट अदालत पेश गर्न भने पनि कहिल्यै पेश गरिएन ।
फ्रेवुअरीमा नन्दीग्रामबाट माओवादीको आरोपमा गिरफ्तार गएिका राधेश्याम दासको सहायतामा दीपकको घर पत्ता लागेको हो । राधेश्याम दास दमदम जेलमा नै थिए । राधेश्यामले २०१६ मा पनि दीपकलाई जेलमा नै भेटेका थिए । दासले दीपकसँग कुरा गर्न चाहेपनि भाषाका कारण सम्भव भएन । दीपकले कापीमा आफ्नो बुबा आमा र स्कुलको नाम लेखेका थिए । त्यसपछि उनको घर पत्ता लागेको हो । (बीबीसी)