माइक्रोफाइनान्स मर्ज गर्दा समान हैसियतसँग गर्न अर्थसचिव ढुङ्गानाको सुझाब

माइक्रोफाइनान्स मर्ज गर्दा समान हैसियतसँग गर्न अर्थसचिव ढुङ्गानाको सुझाब

काठमाडौं, ६ चैत । अर्थसचिव शिशिर कुमार ढुंगानाले नेपाली अर्थतन्त्र बाउन्स ब्याक हुने आधार बलियो बन्दै गएको बताएका छन्। आज माइक्रो फाइनान्स एशोसियसन नेपाल (म्यान)को पहिलो वार्षिक साधारण सभामा उनले गत वर्ष १.९ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक भएपनि चालु वर्ष धनात्मक हुने बताए।

सचिव ढुंगानाले कोभिड असरबाट प्रभावित अर्थतन्त्र विस्तारै सुधारोन्मुख बन्दै गएको बताएका हुन्। उनले माइक्रो फाइनान्स मर्ज गर्दा समान हैसियतसँग गर्न सुझाब दिए।

त्यस्तै म्यानका अध्यक्ष पोखरेलले अहिले माइक्रो फाइनान्सले नाफाको ३० प्रतिशत कर तिर्दै आएको भन्दै यसमा १ प्रतशत छुट दिएर सरकारले गरिबीको रेखामुनी रहेका जनसंख्यालाई सहयोग गर्नुपर्ने माग गरे।

हाल देशभर ४५ लाख भन्दा बढी मानिसहरु माइक्रोफाइनान्समा आवद्ध रहेका छन् ।

प्रकाशित मिति:     ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar