कोरियामा श्रमिक पठाउने प्रक्रिया पूरा

कोरियामा श्रमिक पठाउने प्रक्रिया पूरा

काठमाडौं । कोरोनाका कारण दक्षिण कोरिया जान नपाएकाहरु अब जान पाउने भएका छन् । यसका लागि हालै श्रमिक पठाउने प्रक्रिया पूरा भएको छ ।

दक्षिण कोरिया सरकारले कामदारको सिधा हवाई उडान हुनुपर्ने, कोभिडको बीमा हुनुपर्ने र आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टिन बस्नुपर्ने सर्त राखेको थियो । सोही अनुसार नेपाल सरकारले दक्षिण कोरियामा श्रमिक पठाउनको लागि विभिन्न प्रक्रिया पूरा गरेको हो । सरकारले सर्तबमोजिमको प्रक्रिया पूरा गर्नका लागि कार्यविधि नै संशोधन गरी काठमाडौंबाट सिधै सिओलसम्मको हवाई टिकटको व्यवस्था गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको महाहतमा रहेको ईपीएस शाखाले बधबार सुचना जारी गर्दै सिधै उडानको टिकट खरिदका लागि टेन्डर आह्वान गरेको छ ।

प्रकाशित मिति:     २ भाद्र २०७८, बुधबार  |    Himali Khabar