लुम्बिनी विकास बैंकले जागिर खुल्यो

लुम्बिनी विकास बैंकले जागिर खुल्यो

काठमाडौं । लुम्बिनी विकास बैंकले विभिन्न तहमा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न तहका लागि कम्तीमा १ वर्षदेखि ३ वर्षको अनुभव भएको व्यक्तिहरूको माग गरेको हो । बैंकले प्रदेश २ मा रहेको कार्यालयका लागि १ जना प्रदेश प्रवन्धकको माग गरेको छ भने पब्लिक रिलेशन म्यानेजर पदमा २ जनाको माग गरेको छ ।

सो पदका लागि बैंकले कम्तीमा व्यवस्थापन सम्बन्धि स्नातक गरेको हुनुपर्ने जनाएको छ । साथै, उक्त पदमा योग्यता पुगेका नागरिकले बैंकिङ सम्बन्धि २ वर्षदेखि ३ वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar