भ्रष्टाचार मुद्दा खेपिरहेका चूडामणि शर्मालाई ७ दिनभित्र उपस्थित हुन अख्तियारको सूचना

भ्रष्टाचार मुद्दा खेपिरहेका चूडामणि शर्मालाई ७ दिनभित्र उपस्थित हुन अख्तियारको सूचना

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोग र अकुत सम्पत्ति आर्जन सम्वन्धीमा दुई वटा भ्रष्टाचार मुद्दा खेपिरहेका राजश्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई सातदिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

अख्तियारले गोरखापत्रमार्फत सूचना जारी गर्दै बयानका लागि उपस्थित हुन भनेको छ। मौखिक रूपमा पटक–पटक बयानका लागि बोलाउँदा नआएपछि अख्तियारयले बुधबार सार्वजनिक सूचना नै जारी गरी शर्मालाई सात दिनभित्र उपस्थित हुन भनेको हो।

विभागमा रहँदा कर फर्छ्यौटका लागि सम्झौता भएका विभिन्न करदाताहरूलाई गैरकानुनी तरिकाले छुट दिई भ्रष्टाचार गरेको उजुरीको अनुसन्धानका लागि उपस्थित हुन अख्तियारले भनेको हो।

प्रकाशित मिति:     ८ बैशाख २०७८, बुधबार  |    Himali Khabar