सरकारले सेप्टेम्बरबाट इ–पासपोर्ट उपलब्ध गराउने

सरकारले सेप्टेम्बरबाट इ–पासपोर्ट उपलब्ध गराउने

काठमाडौं, १२ चैत । आगामी सेप्टेम्बरदेखि सरकारले इ–पासपोर्ट दिने भएको छ। राहदानी विभागले इ–पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न आग्रह गरेको छ ।

विभागका अनुसार इ–पासपोर्टको डिजाइनको काम पनि सकिइसकेको छ। इ–पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको छ। उसले त्रिपुरेश्वरमा मेसिन राखेर पासपोर्ट छाप्ने छ।

यो कम्पनीसँग २० लाख प्रति पासपोर्ट छाप्ने सम्झौता भएको छ । नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु पर्ने छैन ।

प्रकाशित मिति:     १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar