भारतको भयावह अवस्थाप्रति डब्लुएचओको चिन्ता

भारतको भयावह अवस्थाप्रति डब्लुएचओको चिन्ता

काठमाडौं । स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रियेससले भारतकाे महामारीकाे स्थितिप्रति दु:ख व्यक्त गरेका छन्। मिडिया ब्रिफिङका क्रममा उनले भारतमा बढिरहेकाे काेराेनाकाे भयावह अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्।

उनले विश्वस्थतरमा फेरि बढिरहेकाे संक्रमणप्रति चिन्तासमेत व्यक्त गरे। शुरुकाे केही साता संक्रमणमात्र बढेकाे भारतमा पछिल्लाे समय मृत्युदर पनि उच्च रुपमा बढिरहेकाे छ।

कयाै देशमा फेरि नयाँ लहर शुरु भएकाे तर भारतकाे अवस्था दिल टुट्ने भन्दा अधिक खराव रहेकाे टिप्पणी उनले गरे ।

प्रकाशित मिति:     १४ बैशाख २०७८, मंगलवार  |    Himali Khabar