एनएमबि बैंकको उर्जा ऋणपत्र बिक्री खुला, ब्याजदर ४ प्रतिशत

एनएमबि बैंकको उर्जा ऋणपत्र बिक्री खुला, ब्याजदर ४ प्रतिशत

काठमाडौं । एनएमबि बैंकले आजदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्र बिक्री खुला गरेको हो ।

प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ । बाँकी ६ लाख इकाई सर्वसाधारणले आवेदन दिन सक्नेछन् । एनएमबिले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४% – २०९२-९३’ जारी गरेको हो ।

यसमा वार्षिक ४ प्रतिशत ब्याजदर पाइनेछ । बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गरेको छ । एनएमबिको उर्जा ऋणपत्रमा जेठ १२ गतेसम्म आवेदन दिन पाइनेछ ।

प्रकाशित मिति:     ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar