कोरोनाका कारण विदेशी लगानीकर्ताले भारतबाट लगानी झिक्दै

कोरोनाका कारण विदेशी लगानीकर्ताले भारतबाट लगानी झिक्दै

काठमाडौं। कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भारतबाट विदेशी लगानीकर्ताले आफ्नो लगानी अन्तै सर्ने योजना बनाउन थालेका छन्। कोरोनाले अर्थतन्त्रमा गम्भीर असर पार्ने अनुमान गर्दै मे महिनासम्ममा विदेशी लगानीकर्ताले भारतीय बजारबाट चार हजार चार सय ४४ करोड रुपैयाँ निकालिसकेका छन्।

मर्निङ स्टार इन्डियाका एसोसियट डाइरेक्टर हिमांशु श्रीवास्तव भन्छन्, ‘‘महामारीको दोस्रो लहरबाट अर्थतन्त्रमा पर्ने असरका कारण चिन्तित विदेशी लगानीकर्ताले सेयरबजारमा लगानी गर्नबाट जोगिन थालेका छन्।’’

कोरोनाको ग्राफ बढ्दै जादा भारतको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ।

प्रकाशित मिति:     १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar