बालाजु औद्योगिक क्षेत्रको सेनिटाइजर उत्पादक कम्पनी उत्सव डिटरजेन्ट एन्ड कस्मेटिक उद्योगमा प्रहरीको छापा

बालाजु औद्योगिक क्षेत्रको सेनिटाइजर उत्पादक कम्पनी उत्सव डिटरजेन्ट एन्ड कस्मेटिक उद्योगमा प्रहरीको छापा

काठमाडौं । प्रहरीले बालाजु औद्योगिक क्षेत्र भित्र रहेको सेनिटाइजर उत्पादक कम्पनी उत्सव डिटरजेन्ट एन्ड कस्मेटिक उद्योगमा छापा मारेको छ । आज महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर विषाक्त रसायन मेथानल मिश्रित ह्यान्ड सेनिटाइजर ठुलो परिमाणमा बरामद गरेको छ ।

संचालक कमला अग्रवाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यो कम्पनीले सेनिटाइजर उत्पादनका लागि अनुमति नै नपाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यस्तै सेनिटाइजरको बोतलमा पनि विभिन्न लेवल टाँसिएको छ।

सरकराले विषाक्त रसायन मेथानल समावेश भएको तथा मापदण्डविपरीतका सेनिटाइजरले मानवस्वास्थ्यमा गम्भीर नकरात्मक असर पार्ने भन्दै त्यसको उत्पादन र प्रयोगमा रोक लगाएको छ।

प्रकाशित मिति:     ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar