कोभिडका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्न डब्लुएचओको चेतावनी

कोभिडका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्न डब्लुएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड उपचारको औषधि सूचीबाट रेम्डिसिभिरलाई हटाएको छ । विश्व स्वास्थ्य संगठनले पहिले आपतकालीन अवस्थामा प्रयोग लागि सुझाएको यो औषधि हाल कोरोना उपचारको औषधिबाट हटाएको हो ।

एन्टीभाइरल औषधि रेम्डिसिभिर कोरोनाका बिरामीलाई सास फेर्न अप्ठ्यारो भएको परिस्थितिमा प्रयोग गरिँदै आएको छ । विगतमा विश्व स्वास्थ्य संगठनले सुझाएको आधारमा धेरै राष्ट्रले रेम्डिसिभिर खरिद प्रक्रिया अघि बढाएका थिए । विश्व स्वास्थ्य संगठनका प्रवक्ता एरिक सेरभिकले त्यसलाई पहिले योग्य माने पनि हाल त्यस सूचीबाट हटाइएको बताए ।

‘हामीले त्यस औषधीलाई योग्य सूचीबाट हटाएका छौँ,’ उनले भने । कोरोनाको उपचारमा विश्वस्वास्थ्य संगठनको मापदण्ड पालना गरिरहेका मुलुकहरूले अब त्यो औषधि संक्रमितको उपचारमा प्रयोग गर्न पाउने छैनन् । विश्व स्वास्थ्य संगठनले जस्तोसुकै जटिल परिस्थितिमा पनि कोरोना संक्रमितलाई रेम्डिसिभिर प्रयोग नगर्न चेतावनी दिएको छ ।

प्रकाशित मिति:     ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar