कोरोना भाइरसविरुद्धको खोप बेचेर नौजना अर्बपति बने

कोरोना भाइरसविरुद्धको खोप बेचेर नौजना अर्बपति बने

एजेन्सी। कोरोना भाइरसविरुद्धको खोप बिक्रीमा भएको नाफाबाट नौजना अर्बपति थपिएका छन्। थपिएका अर्बपतिमा मोडर्नाका प्रमुख स्टीफन बेन्सल, बायोएनटेकका प्रमुख उगर साहिन, कैनसिनो बायोलोजिक्सका तीन सह-संस्थापकलगायत छन्।

यी नौजना अर्बपतिसँग १९.३ अर्ब अमेरिकी डलर (२२ खर्ब २७ अर्ब रूपैयाँ) रहेको छ। खोपको पेटेन्ट राइट्स हटाउन माग गरिरहेको पिपुल्स भ्याक्सिन समूहले यो खुलासा गरेको हो।

प्रकाशित मिति:     ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar